Logo
२४ बैशाख २०८१, सोमबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटना हुँदा मोटरसाइकल चालक मृत्यु

विराटनगर : सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा बिहिबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्