Logo
७ कार्तिक २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुश्मीदेवीको सपरिवार नै अपाङ्ग भएपछि सहयोगको अपेक्षा

महोत्तरी : गौशाला ११ की ५५ वर्षीया कुश्मीदेवीकी बाटो छेउमै एउटा सानो झुप्री छ । जसमा पाँच जनाको परिवार बसोबास गर्छन् ।

घरका हरेक सदस्य कुनै न कुनै रुपमा शारीरिक रुपले अपाङ्ग छन् । वर्षौदेखि सोही स्थानमा रहेको ऐलानी (सुकुम्वासी) जग्गामा बसोवास गर्दैआउनु भएकी कुश्मीदेवीलाई घरपरिवार चलाउनका लागि आर्थिक रुपमा कठिनाइ भएको छ ।

उनका ६१ वर्षीय श्रीमान् रामनन्दन महराको बायाँ खुट्टा छैन् भने २५ वर्षीय छोरा भिखारीराम मानसिक रुपमा सन्तुलन गुमाएका छन् । त्यस्तै उनकी २३ वर्षसीया बुहारी तेतरीदेवी महरा पनि खुट्टाको कारण अपाङ्ग नै छिन् । यता सात वर्षीय नाती पनि मानसिक सन्तुलन गुमाउँदा उनको परिवारमा कमाउने भन्दा बिरामीको संख्या बढी छन् । जसकारण घरजम चलाउन धौधौ परेको छ ।

“एक त महँगीको समय, त्यसमा पनि आर्थिक अवस्था कमजोर र अझै सपरिवार नै अपाङ्गताका कारण कामकाज गर्न नसक्दा घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ ।” भकानिदै कुश्मीले सुनाए ।

“उमेर ढल्किसकेपछि अशक्त हुँदा आफूलाई कामकाज गर्न समस्या हुने भएकोले अरुको घरमा मालिस, बनिबुतो र सानातिना कामकाज गरेर संकलित भएको रकमले नै परिवार पाल्दै आएकी छु । ” उनले बताइन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्