Logo
२४ बैशाख २०८१, सोमबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकहप्ता भित्र जनप्रतिनिधिलाई राजिनामा दिन पत्रचार, अन्यथा कार्वाही गरिने

रामेछाप : रामेछापका ८ वटै स्थानिय तहका अध्यक्ष र वडा अध्यक्षहरुलाई एकहप्ता भित्र राजिनामा दिन जिल्ला जनपरिषद् नेपाल रामेछापले सवै तहका प्रमुखहरुलाई बुधवार दिउँसो पत्राचार गरेको छ ।

परिषदले स्थानिय निकायको निर्वाचनपछि झन देशमा राजनितिक परिस्थिती गम्भिर संकट एवं अस्थिरता, अन्यौलता र अन्तविविरोधहरुवाट संचालन भइरहेको, जनता राष्ट्रियता, जनअधिकार र जनजिवीकाका अनेकौं जटिल समस्यावाट पिल्सीएको छ ।

देशको सिमा अतिक्रमण, मौलाउँदो भ्रष्टाचार कमिसन र दलाली लगायतका गतिविधिहरु वढिरहेको निर्वाचित जनप्रतिनिधिहरु कुर्सिको लागि नै लडालड गरिरहेकाले तत्काल आफ्नो पदवाट राजिनामा गर्न सवै स्थानिय तहका प्रमुखहरुलाई निर्देशन गरेको हो ।

यता जननिर्वाचित पदाधिकारीहरुले कुनै आयसोत नै नभएका सोझा सिधा नागरिकलाई यो वा ऊ वाहनामा कर थोपारेर लुट्न खोजेको, भ्रष्टाचार व्यापक रुपमा मौलाउँदै गएकाले यी सवै व्यथिती अन्त्य गर्नको लागि संसदलीय दलाल पुँजीवादी व्यवस्था छिटै अन्त्य गर्ने भएकाले सवै तहका जनप्रतिनिधिहरुले आफ्नो पदवाट राजिनामा दिन अनुरोध गरेको हो ।

तोकेको समय सिमा भित्र राजिनामा नदिए राष्ट्र, जनता र जनसत्ता विरोधीको रुपमा जनकार्वाही समेत गर्ने जिल्ला जनपरिषद् नेपाल रामेछापका प्रमुख क.तुफानले जानकारी दिएका छन् । उनले भने– हाम्रो पार्टीले दिएको समय सिमाभित्र राजिनामा नदिने प्रमुखहरुलाई जनकार्वाही तत्काल गर्ने भएकाले समयमा नै सवैले जनप्रतिनिधिहरुले समयमा नै आफ्नो पदवाट राजिनामा दिन आग्रह समेत गरका छन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्