Logo
३१ असार २०८१, आईतबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 गोलीकाण्डमा परी एकै परिवारका छ जनाको मृत्यु

जलालाबाद : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको छ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन ।

बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजु भाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन र अनुसन्धान जारी रहेको पनि सो विज्ञप्तिमा बताइएको छ । `

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्