Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबरजस्ती धर्म परिवर्तन गराउनेलाई लखेट्नुपर्छ : अध्यक्ष ठाकुर

सन्तगुरु श्री निवासाचार्य माथि शनिबार राती भएको आक्रमणको हिन्दू युवा जनशक्ति संघ नेपालले कडा शब्दमा भत्सर्ना गरेको छ । त्यो घटनाको घोर निन्दा गर्दै त्यसमा संलग्नलाई खोजी गरी तत्काल कारवाहीको दायरामा संघका अध्यक्ष विकास ठाकुरलले ल्याउन माग गरेका छन् । गत शुक्रवार राती २ बजे अज्ञात व्यक्तिले गोली प्रहारवाट घाइते श्री निवासाचार्यको विराटनगरमा उपचार भइरहेको छ ।

हिन्दुवादी सन्त नेता माथी भएको यस घटनाले सम्पुर्ण सनातन धर्मालम्वीहरुलाई दुःखी बनाएको संघको भनाई छ । अपराधी प्रवृतिका तत्वद्धारा घटाइएको यसघटना प्रति गम्भिर बन्दै हिन्दु समाजमा बढदो त्रासको अन्त्य गर्दै शान्ति सुरक्षाको वातावरण सिर्जना गर्नका लागि संघ नेपाल सरकार समक्ष माग गर्दछ,’ अध्यक्ष ठाकुरद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

संघले बढ्दो क्रिश्चियानिटी रोक्न पनि माग गरेको छ । युरोपियन युनियनको ग्राण्ड डिजाइन तथा आर्थिक सहयोगमा नेपालमा धर्म मास्ने तथा हिन्दूहरुलाई एक एक गरी सिध्याउने षडयन्त्र रचिएको र त्यसैको परिणामका रुपमा सन्तगुरुमाथि गोली प्रहार भएको टिप्पणी संघका अध्यक्ष ठाकुरको रहेको छ । काँग्रेसका युवा नेता समेत रहेका ठाकुरले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका क्रिश्चियन धर्म प्रचारकलाई लखेट्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्