Logo
३१ बैशाख २०८१, सोमबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक समेत सबैलाई सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्न आव्हान

काठमाडौं : सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् । कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने उल्लेख छ ।

कार्ययोजनाअनुसार कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम र कक्षा शिक्षण वा बहुकक्षा शिक्षण व्यवस्था लागु गरिने छ । माध्यमिक तह (कक्षा ११ र १२) मा एकल पथिय पाठ्यक्रम लागु गरिने मन्त्री पोखरेलको कार्ययोजना छ ।

हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने र विद्यालय तहको पाठ्यक्रममा परिमार्जन गरिने भएको छ ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्