Logo
७ कार्तिक २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्रोत-साधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न सकिएन : प्रदेश २ को नीति तथा कार्यक्रम

जनकपुर : प्रदेश २ को सरकारले स्रोत साधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको बताएको छ । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार प्रदेशसभामा सरकारको ६० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको बाँकी अवधि नीतिगत, कानुनी तथा संरचनागत प्रवन्ध गर्दै सरकारी संयन्त्रलाई काम गर्न सक्ने बनाइने पनि सरकारले बताएको छ ।

प्रदेश सरकारप्रति जनअपेक्षा धेरै भएपनि नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रवन्धहरु नभएका कारण परिर्वतनको अनुभूति हुने कार्यक्रम गर्न नसकिने नीति तथा कार्यक्रममा उल्लेख छ । हाल प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत परिचालन गर्न सक्ने अवस्था नभएको भन्दै भनिएको छ, ‘केन्द्र सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको स्रोत भएकाले जनतासँग गथरेका आफ्ना प्रतिवद्धताहरु तत्काल पुरा गर्न स्रोतसाधन अपर्याप्तता पनि छ ।

प्रदेश सरकारले राजश्व र अनुदान बाँडफाँट गर्दा जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाउनु पर्ने माग गरेको छ । प्रदेश २ को सरकारले औद्योगिक क्षेत्रहरुमा बन्द हड्ताल हुन नदिनेसहितका कार्ययोजना पनि अघि सारेको छ । मधेस आन्दोलन सुरु भएको दिन माघ ५ लाई मधेस आन्दोलन दिवस मनाउने र प्रदेशको स्थायी राजधानीबारे छिट्टै निर्णय गर्ने पनि प्रदेश २ को सरकारको नीथि तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्