Logo
१८ बैशाख २०८१, मंगलबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकद्धारा औपचारिक रुपमा स्वीकार

फेसबुकका सीईओ मार्क जुकरबर्गले सामाजिक सन्जालको फाइदा उठाउने रुसी अपरेटरहरुसँग आफूले संघर्ष गरिरहेको बताएका छन् । उनले यसलाई हतियारको लडाइँ जस्तै भएको बताएका छन् । क्याम्ब्रिज एनालिटिकाबाट फेसबुकका डाटा चोरी भएको विषयमा छलफल गर्न अमेरिकी सिनेटमा जुकरवर्गलाई बोलाइएको थियाे ।

अमेरिकी सिनेटरहरुसँगको छलफलमा जुकरबर्गले भनेका छन्, ‘यो हतियारको दौड जस्तै हो । उनीहरु बलियो हुँदैछन् ।’ जुकरबर्गले रुसमा फेसबुक र इन्टरनेट सिस्टमलाई शोषण गर्ने केही व्यक्तिहरु रहेको बताए । फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य जानकारी चोरी हुनुमा आफ्नो गल्ती रहेको पनि उनले स्वीकार गरेका छन् ।

तर फेसबुकप्रतिको विश्वासलाई जोगाउन धेरै सुधारको काम गरिरहेको पनि उनले बताएका छन् । ‘यसमा मेरो गल्ती छ । हामीले पर्याप्त जिम्मेवारी निर्वाह गरेनौं, मलाई यसमा अफसोस छ,’ जुकरबर्गले भनेका छन् । उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ ‘टुल्स’ विकास गरिरहेको जानकारी दिए ।

यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला ति डाटा चोरी भएको अनुमान छ ।

यसमा राजनीतिक परामर्श दिने संस्था क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा डाटा चोरी गरेको फेसबुकको आरोप छ । यसअघि जुकरबर्गले क्याम्ब्रिज एनालिटिकाले आफूलाई विश्वासघात गरेको बताएका थिए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्