Logo
२ जेष्ठ २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्रमा शैलेन्द्र र नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त

काठमाडौँ : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा गर्दे नियुक्ति गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार उनीहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो ।

संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण बुधबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्