Logo
२४ बैशाख २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल पम्मबाट तेल तस्करी : प्रहरी प्रमुख मौन

रौतहट : रौतहट जिल्लाको गौरमा रहेको पेट्रोल पम्पको संचालकहरुको दादागिरी चल्न थालेका छन । मधेश आन्दोलनको समाप्ति पशच्यात गौर नगरपालिकामा रहेको पेट्रोल पम्मबाट पेट्रोलियम पदार्थहरुको तस्करी सुरु भएको थियो । तर ति पेट्रोलियम पदार्थको तस्करी अहिले सम्म समाप्त भएको छैन । यस्तो कहिले सम्म चल्ने प्रहरी प्रमुख माथि प्रशन उठ्न थालेका छन।

गौरमा रहेको पेट्रोल पम्पहरुमा हजारौं हजार पेट्रोलियम पदार्थ आउँदाको केही घण्टा पशच्यात नै पम्पमा रहने कर्मचारीहरुले तेल नै छैन भन्छन्। हजारौं हजार लिटर आएको पेट्रोल डिजल कता जान्छन त स्थानीय बासिन्दालाई सोचनै गाह्रो हुन थालेका छन्।

यता प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलले भन्दैछ यस्तो हुन‌ै सक्दैन यदि यस्तो छ भने हामी तुरुन्तै अनुगमन गर्छु। यता स्थानीय बासिन्दाले भन्दैछन पेट्रोल र डिजलको तस्करी न‌ै भई रहेको छैन भने पेट्रोल पम्पमा आएको तेल कता जान्छन्रु गौरको पेट्रोल पम्पमा आएको तेल फेरि भारतको बिहार राज्यको बैरगनिया बजारमा जान्छन् ।

भारतमा नेपाल भन्दा बढी मुल्यमा बिक्री भई रहेको र नेपालमा भारत भन्दा कम मुल्यमा बिक्री भएकोले भारतबाट नेपाल आएको तेल गौरको पेट्रोल पम्पको संचालकहरुले अलि बढी मुल्य तेल तस्करहरु संग लिई ति तस्करहरु फेरि बिहार राज्यको बैरगनियामा पेट्रोल डिजल पुर्याउने गर्दछन्।कलाबजारी गरि पेट्रोलियम पदार्थ बेच्नेहरुको कहिले तह लाग्छ स्थानीयहरुको गुनासो रहेका छन।जे सुकै गर्दा पेट्रोल पम्पबालाहरुको केही न हुने स्थानीयबासिन्दाले बताउँछन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्