Logo
७ कार्तिक २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले पदाधिकारी नियुक्त गरे नमान्ने प्रकाशमानको चेतावनी

काठमाडौं : नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले अब पदाधिकारी नियुक्ति गरेमा त्यो बिधान बिपरित हुने र आफूहरुले नमान्ने चेतावनी दिएका छन् ।

गुल्मीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘पहिला पदाधिकारी मनोनय नगर्ने । अहिले आएर मनोनयन गरियो भने त्यो विधान विपरित हुन्छ । हामीले मान्दैनौं ।’ कांग्रेसलाई विधि सम्मत रुपमा चलाउनुपर्ने नेता सिंहको भनाइ थियो । ‘कांग्रेसले आफूलाई विधि सम्मत रुपमा चलाउन नसकेकै कारण चुनावमा हार व्यहोर्नु परेको हो’, उनले भने, ‘दुई महिनामा गर्नुपर्ने पदाधिकारी नियुक्ति अब गरे केही हुँदैन ।’

बर्तमान सरकारले कांग्रेसको अर्थ नीतिलाई गलत थियो भन्ने देखाउन कहाली लाग्दो श्वेतपत्र जारी गरेको उनले आरोप लगाएका छन् ।

नेता सिंहले श्वेतपत्रले निजी क्षेत्रलाई आतंकित बनाएको बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण निरन्तरता मात्रै भएको उनले दाबी गरे । ‘भारतसँग सम्झौतामा पहिले–पहिले हुने गरेको हो’, उनले भने, ‘भएका सहमतिलाई कार्यान्वयन गरेमा त्यसको उपलब्धि हुन्छ । होइन भने भारत भ्रमणलाई निरन्तरता भन्दा अरु केही हुने छैन ।’

 

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्