Logo
३० बैशाख २०८१, आईतबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि कानुन संकाय डिन कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

काठमाडौँ: विद्यार्थी र डिन कार्यालयबीच आइतबार सहमति भएपछि करिब ४० दिनदेखि त्रिवि कानुन संकाय डिन कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ । लामो समय देखि तालाबन्दीका कारण कानुन संकायको स्नातक प्रथम वर्षमा पढ्ने इच्छुक मारमा परेका थिए ।

तालाबन्दी खेलेपछि विद्यार्थीहरुलाई राहत महशुस भएको छ । डिन कार्यालयले कानुन संकायको स्नातक प्रथम वर्षमा पाँच सय जनाको कोटा प्रणाली लागू गरेपछि त्यस विरुद्ध अनेरास्वविय, ल क्याम्पसका कमिटीले फागुन १४ गतेदेखि तालाबन्दी गरेको थियो । क्याम्पस प्रमुख पराजुलीले ताला खुलेपछि चाँडै नै स्नातक तहको भर्ना प्रक्रिया सुरु गरिने जानकारी दिएका छन् ।

सहमति अनुसार स्नातक प्रथम वर्षमा भर्नाका लागि ६ सय जनाको कोटा छुट्याइएको छ । क्याम्पस प्रमुख पराजुलीले कोटा निश्चित भएपछि प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गरिने बताए । कानुन विषय पढ्न विद्यार्थीको आकर्षण भएपछि यस पटकदेखि कोटा प्रणाली सुरु गरिएको हो ।

यसअघि चार हजार २३८ विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए ।
क्याम्पस प्रमुख पराजुलीले क्याम्पसको क्षमताअनुसार ६०० जना पढ्नका लागि कोटा छुट्याइएको बताए । ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा समेत प्रकाशन पनि बाधा पुगेको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्