Logo
२४ बैशाख २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको पुने जिल्लामा ट्रक दुर्घटनामा परी १८ को मृत्यू, १५ घाइते

नयाँदिल्ली: भारतमा मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको छ । घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ । अधिकारीहरुका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए ।

घाइतेहरु सबैलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गराइएको छ । उपचार भइरहेका घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने जनाएको छ । प्रारम्भिक विवरणहरुका अनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्