Logo
२७ आश्विन २०८१, आईतबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निःशुल्क दिएको रगत बिरामीले पनि निस्शुल्क पाउनुपर्छ : नेता थापा

धुलिखेल : पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन् ।

काभ्रे जिल्लाको बनेपामा आयोजित रक्तदाता सम्मान कार्यक्रममा बोल्दै गगन थापाले रगत दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताएका छनु । त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उनले सुझाव दिए ।

‘मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ थापाले भने । सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्