Logo
३१ बैशाख २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार भगवान शिवको पूजा : यी मन्त्रहरु जप गर्दा समस्याको हुन्छ समाधान

हिन्दु धर्म अनुसार सोमबारको दिनलाई भगवान शिवको पुजा अराधना गर्ने दिनको रुपमा मान्निछ । सोमको अर्थ हुन्छ चँन्द्र जुन भगवान शिवको जटामा विराजीत रहेको छ । यस पुरै ब्रम्हान्डमा शिवलाई नै सबैभन्दा ठूलो देउताको रुपमा मान्ने गरीएको हुनाले महादेवलाई जगतेश्वर महादेवको नाम पनि दिईएको छ ।

सोमबार भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार सोमवारको दिन भगवान शिवको व्रत गर्नु भन्दा पहिला बिहान उठेर नुहाएर भगवान शिव माथि जल र बेलको पत्र चढाएर शिव पार्वतीको पूजा गर्नु राम्रो मानिन्छ । शिवको पूजापछि उहाँको व्रत कथा सुन्नु लाभदायी मान्छि । उपासनाको दिन एक समय मात्र खाना खानु उत्तम मानिन्छ । शिवजीको पूजाको दिन सरल र सफा मनले ध्यान गरेर भगवानको आहवान गर्नाले आर्शीवाद प्राप्त हुने जनविश्वास रहेको छ ।

हरेक समस्याको समाधान हुन्छ तल दिएका मन्त्रहरुको जाप गर्ननाले

(ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , (नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्

भगवान शिवको पुजन बिधी
बिहान आफनो नित्यकर्म सकिए पश्चात नुहाएर पवित्र भएर घर या नजिकको मंन्दिरमा शिव,माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुस् । जल अर्पित गरीसकेपछि शिवलींगमाथि चन्दन,चामल,बेलपत्र र धतुरोको फूल चढाउँनुस् । पुजा सम्पन्न गर्नको लागि भगवान शिवलाई घयू वा गुडको भोग लगाउनुस् त्यपछि अन्तिममा धुप,दिप लिएर आरती ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्