Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ समूहका २२६ आरोही सर्वोच्च शिखर सगरमाथा चढ्दै

काठमाडौँ : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् ।

सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए। उनका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लम लगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् ।

विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । ६ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । महानिर्देशक भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेका छन् ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्