Logo
२९ बैशाख २०८१, शनिबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच महिना भित्रै शिक्षा सम्बन्धी कानून बनाइने :शिक्षामन्त्री पोखरेल

काठमाडौँ : संघीय सरकार र प्रदेश सरकारबीच शिक्षाको कामलाई व्यवस्थित बनाउने विषयमा आज छलफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधार, नयाँ कानून, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी संघीय र स्थानीय सरकारले शिक्षा क्षेत्रमा सुधार र समन्वय गर्नुपर्ने बताए ।  उनले प्रदेश सरकारलाई काम गर्नका लागि शिक्षासम्बन्धी नमूना कानून चाँडै उपलब्ध गराइने बताएका छन् । ‘‘

मन्त्री पोखरेलले संविधानमा उल्लेख गरिएअनुसार शिक्षाका मौलिक हकअन्तर्गतका कानून पाँच महिनाभित्र बनाइसकिने बताए । उनले शिक्षाका विषयमा काम गर्दा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने धारणा राख्का थिए । उनले विश्वविद्यालयमा नपढाउने प्राध्यापकको सूची मागिएको बताउँदै त्यस्ता प्राध्यापकलाई बिदा गरिने स्पष्ट पारे ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्