Logo
५ जेष्ठ २०८१, शनिबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक निकायलाई पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी कानून निर्माण हुँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ ।

सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए।

सबै निकायलाई जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रदायक निकायका लागि सूचनाको हक सम्बन्धी विद्येयक निर्माणको कार्यलाई सरकारले तीव्रता दिएको मन्त्री भण्डारीले जानकारी दिए ।

सूचना पाउने अधिकार नागरिकको मौलिक हक रहेको भन्दै मन्त्री भण्डारीले अब हरेक सार्वजनिक निकायले प्रवाह गर्ने सेवा तथा सुविधाको सूचना सहज रुपमा उपलब्ध गराउने गरी प्रदेश सरकारले सूचनाको हक सम्बन्धी विधेयक तयार गरिरहेको बताए ।

केन्द्र सरकारको सूचनाको हकसम्बन्धी ऐनसँग नबाझिने गरी कर्णाली प्रदेश सरकारले प्रदेशको आवश्यकता र मौलिकतामा रहेर सूचनाको हक सम्बन्धी ऐननिर्माण गरिने उनको भनाइ छ । सार्वजनिक निकाय मात्र नभइ निजी कार्यलयमा पनि सुचना प्रवाह नहुदाँ भ्रष्टाचार बढेको भन्दै प्रदेश सरकारले निजी कार्यालयलाई पनि सूचनाको हक सम्बन्धि दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्