Logo
७ कार्तिक २०८१, बुधबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाजा क्षेत्रमा भएको प्रदर्शनमा आठ जनाको मृत्यु, सयौ घाइते

प्यालेस्टाइनका आन्दोलनकारीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीसँग शुक्रबार भएको सो झडपमा परी अरु एक हजार ७० जना घाइते भएका समाचारमा जनाइएको छ ।
प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा पर्ने गाजाका विगत केही दिनदेखि प्यालेस्टिनी आन्दोलनकारीले प्रदर्शन गर्दा इजरायली सुरक्षाकर्मीसँग झडप हुदै आएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्रफ अल क्बेड्राले शुक्रबार प्रदर्शनलगत्तै एक जना प्यालेस्टाइनी प्रदर्शनकारीको मृत्यु भएको र केही समयपछाडी थप सात जना गरी कुल आठ जनाको मृत्यु भएको बताउनु भएको छ ।

प्रदर्शनकारीहरुले शुक्रबार पूर्वी गाजा क्षेत्रको सिमाना अवरोध गरेर प्रदर्शन गरेपछि झडप सुरु भएको थियो ।
प्रदर्शनलाई मत्थर पार्नका लागि इजरायली सुरक्षाकर्मीहरुले प्रदर्शनकारीविरुद्ध रबरको गोली, अश्रुग्याँस, विस्फोटक पदार्थ र अग्नीनियन्त्रकहरु प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले भने सुरक्षाकर्मीविरुद्ध ढुंगा प्रहार गरेका थिए ।
हजारौंको संख्यामा रहेको प्यालेस्टिनी प्रदर्शनकारीहरुले शुक्रबार विहानैदेखि प्रदर्शन सुरु गरेका थिए । उनीहरुले कालो धुँवासहित प्रदर्शन गरेका थिए ।

सिन्ह्वाका एक जना फोटो पत्रकारले गाजा क्षेत्रमा कालो धुँवाको मुस्लो आकाशभरी देखिएको बताएका छन् । गाजाको इजरायली क्षेत्रमा इजरायली सुरक्षाकर्मीहरु ठूलो मात्रामा तैनाथ गरिएका छन् । उनीहरुले लडाकू सवारी साधनहरु विस्फोटक पदार्थहरु, हातहतियार, अश्रुग्याँस, अग्नी नियन्त्रकहरु आदी लिएर बसेका छन् ।
गाजा क्षेत्रको मुख्य ठाँउमा प्रदर्शन गर्नु अगाडी शुक्रबार बिहान उत्तरी र दक्षिणी क्षेत्रबाट प्रदर्शनकारीहरु जम्मा भएका थिए ।

इजरायली प्यालेस्टाइनबीच जारी यस द्वन्द्वको कारण एक हप्ता अगाडी नै इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भइसेकेको थियो ।

इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको मृत्यु सन् २०१४ यताकै एक रक्तपातपूर्ण दिनको रूपमा रहेको उनीहरूको दाबी रहेको छ ।

शुक्रबार भएको प्रदर्शन केही वर्षयता भएका प्रदर्शनहरूमध्ये कै ठूलो जनसहभागितामा भएको पनि बताइएको छ । (रासस)

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्