प्रधानमन्त्री ओलीले राजघाटमा यसरी दिए माहात्मा गान्धीलाई श्रद्धाञ्जली (फोटो फिचर)
नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको दोस्रो दिन शनिवार गार्ड अफ अनर लिएपछि राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पत्नि राधिका शाक्य र नेपाली प्रतिनिधिमण्डलसहित पुगेका ओलीले त्यहाँ पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै त्यहाँ राखिएको अतिथि पुस्तिकामा उनले महात्मा गान्धीप्रति सम्मान व्यक्त गर्दै केहि लेखेका छन् ।