Logo
७ कार्तिक २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्र्याक्टर नहरमा खस्दा नौ महिलाको मृत्यु, कैयौँ घाइते

दक्षिणी भारतीय राज्य तेलङ्गानामा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामा सबैजना महिला रहेका छन् ।

यात्रु बोकेको एउटा ट्र्याक्टर नहरमा खस्दा भएको दुर्घटनामा परी नौ महिलाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।तेलङ्गनाको प्रन्तीय राजधानी हैदराबादबाट २२८ किलोमिटर दक्षिणपूर्वमा रहेको आलिमिनेती मधाभा रेडी प्रोजेक्ट क्यानलनजिकै सो ट्र्याक्टर खसेको थियो ।

दुर्घटनापछि नौ महिलाको शव नहरबाट निकालिएको र दुर्घटनामा परेका कैयौँ व्यक्तिलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहानको समयमा एक कारखानाका ३० जना कामदार बोकेको सो ट्र्याक्टर दुर्घटना भएको र यस ट्र्याक्टरमा प्रायः महिला रहेका एक प्रहरी अधिकारी रमन रेडीले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत बताउनुभएको छ ।

विश्वको तुलनामा भारतमा सडक दुर्घटना बढी नै हुने गरेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु, खराव बाटो र लापरवाही रुपमा सवारी साधन चलाउनाले बढी मात्रामा दुर्घटना हुने गरेको बताइन्छ । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्