Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका सांसदले पार्टीलाई मासिक १० हजार लेबी तिर्नुपर्ने, कर्णलाई जिम्मेवारी

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीका सांसदहरूबाट मासिक १० हजार रुपैयाँका दरले लेबी उठाउने निर्णय गरेको छ ।

राजपा संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघीय संसदमा राजपाका १९ सांसद छन् ।

बैठकले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।

धेरै आकांक्षी देखिएपछि राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । दलको नेता बन्न अध्यक्षमण्डलका शीर्ष नेताबीच नै हानथाप देखिन्छ ।

राजपाले थुनामा रहेका सांसद रेशम चौधरीको रिहाइ र शपथको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत लिएको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्