Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसेनानी र असई बनाइदिने भन्दै एक करोड ठगी गर्ने ४ जना प्रकाउ

काठमाडौँ : महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ ।

परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच परिसरले जुवाको खालबाट करीब रु सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा छ थान तास र नगदसहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्