Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारको परिसुचक नेप्से २३ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौं : बिहिबार शेयर बजारको परिसुचक नेप्से २३ अंकले बढ्दा अघिल्लो दिनको तुलनामा दोब्बर रकमको कारोबार भएको छ। बुधबार ३३ करोड ६४ लाखको कारोबार भएकोमा बिहिबार १६८ कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन ब्यापार उपसुचक स्थिर रहे बाहेक सबै उपसुचकहरु बढेका छन्।

बैंकिङ १८, होटल १४, बिकास बैंक ३१, जलविद्युत ३५, फाइनान्स ५, बीमा १७४, उत्पादन ४९, अन्य ७ र माइक्रोफाइनान्स उपसुचक ३५ अंकले बढेका छन्।

यस दिन नेपाल इन्सुरेन्स कम्पनीको ३ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।धेरै नाफा कमाउनेमा तिनाउ बिकास बै।कका लगानीकर्ता अग्रस्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत कमाए।

त्यस्तै ८ प्रतिशत कमाएका मिथिला लघुबित्त बिकास बैंकका लगानीकर्ता कमाउनेमा अग्र स्थानमा रहे।त्यस्तै यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानकिर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्