Logo
२४ बैशाख २०८१, सोमबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओखलढुंगाका वडाध्यक्षले गाडी किन्ने पैसाले मोटरबाटो बनाए

ओखलढुंगा : चम्पादेवी गाउँपालिका – ७ का वडा अध्यक्ष शुरेश थापाले वडा कार्यालयलाई मोटरसाइकल किन्न विनियोजन गरेको बजेटबाट स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गर्नुभएको छ । वडा अध्यक्षलाई आवत–जावतमा सहज होस् भनेर गाउँपालिकाले मोटरसाइकल किन्न दिएको बजेटबाट वडामा रहेको स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माणका लागि खर्च गर्नु भएको हो ।

गाउँपालिकाले दिएको ५ लाख बजेट मोटर साइकल भन्दा सर्वसाधारणको स्वास्थ्य उपचारका लागि जाने बाटो बढी महत्वपूर्ण भएकाले बाटो निर्माण गरेको थापाले जानकारी दिनुभयो । साविकको फुलबारी गाविस अहिले २ वटा वडा भएकाले आफ्नो वडामा स्वास्थ्य चौकी नपरेपछि स्वास्थ्य केन्द्र स्थापना गर्नसमेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गर्नु भएको थियो ।

‘मोटरसाइकल किने मैले र कर्मचारीले सुविधा पाउने हो, बाटो त वडाकै आवश्यकता हो’ थापाले भन्नुभयो– ‘जनताको सेवा गर्न जनप्रतिनिधि भएकाले मेरो आवश्यकता पहिलो होइन ।’ चम्पादेवी गाउँपालिकाका प्रमुख, केही वडा अध्यक्ष र कर्मचारीहरुले भ्रष्टाचार गरेको अभियोगमा उजुरी दर्ता भए पनि थापाले भने आफूले पाउने सुविधा पनि जनताको हितमा खर्च गरेर उदाहरणीय काम गरेको साविक फूलबारी गाविसका पूर्व अध्यक्ष खड्गबहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्