Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई देशका युवाबीच एकापसमा अनुभव साटसाट

काठमाडौँ : युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा बिहिबार आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव साटसाट भएको हो । उक्त अवसरमा आ–आफ्नो देशमा युवाले खेलेको भूमिकाको बारेमा एकापसमा अनुभव साटसाट गरेका थिए । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताएका छन् ।

उनले छोटो समयमा नै परिषद्ले युवाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गदै नेपाल र भारतका युवाको अवस्था एकैनाशको भए पनि भारतीय युवाले नेपालको भन्दा बढी फड्को मारेको बताएका छन् । उनले नेपालमा युवामा भएको क्षमतालाई परिषद्ले प्रस्फुटन गराउने कार्य गरिरहेको जानकारी गराए। कार्यकारी उपाध्यक्ष ढुंगेलले अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र भारत दुवै देशको संस्कृति, भूगोल र विकासका लागि बुझ्न सजिलो हुने बताए ।

कार्यक्रममा भारतीय युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जिएस चित्राले नेपाली युवामा क्षमता भए पनि अवसर नपाएको बताए । उनले यहाँका युवालाई अवसर सिर्जना गरी मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने धारणा राखेका छन् । उपसचिव चित्राले भारतीय युवाले स्वमंसेवकको रुपमा काम गरेर राष्ट्रलाई महत्वपूर्ण सहयोग गरिरहेको भन्दै त्यसबाट नेपाली युवाले पनि सिक्नु पर्ने आँैल्याए।

परिषद्का विज्ञान तथा प्रविधिविज्ञ खिम पन्थीले भारतीय युवाले प्रविधिमा हासिल गरेर आर्थिक विकासमा सहयोग पु¥याएको उल्लेख गर्दै नेपालका युवाले पनि भारतीय युवाबाट सिकेर यहाँको आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने बताए । कार्यक्रममा भारतबाट विभिन्न क्षेत्रमा क्रियाशील ४८ जना युवा अनुभव आदानप्रदान गर्न नेपाल आएका छन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्