Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले गोकर्णबाट ६ लाख ४० हजार नगदसहित ११ जुवाडे पक्राउ गरे

काठमाडौं : प्रहरीले गोकर्णबाट ६ लाख ४० हजार नगदसहित ११ जुवाडे पक्राउ गरेको छ। बुधबार महानगरिय प्रहरी कार्यालय, रानीपोखरी र महानगरीय प्रहरी परिसर, काठमाडौबाट संयुक्त रुपमा खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ बाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा पूर्ण लामा, दावा शेर्पा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा र चेना शेर्पा रहेका छन् । त्यसैगरी वीरबहादुर तामाङ, कृष्ण तामाङ, दौलत सिंह लामा, विक्रम लामा र निशान लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले दिएको सूचनाको आधारमा पूर्ण लामाको घरबाट पक्राउ परेका उनीहरु सबै सिन्धुपाल्चोकको भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्