Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरमा विकास निर्माणको कार्यमा तिव्रता, विकासले नगरको मुहार फेर्ने : मेयर गुप्ता

रौतहट : स्थानीय तहमा जनप्रतिनिधि आए सँगै रौतहट जिल्लाको गौर नगरपालिकामा विकास निर्माणका कार्यमा तिब्रता आएको छ । जनप्रतिनिधिहरु जनताको माग, आवश्यकता तथा इच्छा अनुसार नगर क्षेत्रमा विकास निर्माणको कार्यलाई प्राथमिकतामा राख्दै विकास निर्माणको कार्यलाई तिव्रता दिएको हो ।

नगर क्षेत्रमा सुरु गरिएको विकास निर्माणले अगामी दिनमा नगरको मुहारै फेरिने मेयर अजय कुमार गुप्ताले जनाएको छ। रौतहट जिल्लाको गौर नगरपालिकाको नगर क्षेत्रभरी सघन सहरी बिकास कार्यक्रमको बजेट र नगरपालिकाका आथिक बजेटका अधारमा धमाधम सडक र नाला निर्माण कार्य अघि बढेको छ।

यस भन्दा पहिला खल्डाखुल्डी परेका सडकहरुलाई मर्मत गरेका थिए। सघन सहरी बिकास कार्यक्रम अन्तर्गत रौतहटको गौर नगरपालिका नगर क्षेत्र भरी बस्ती भएको ठाउँमा दुवै तर्फ नाला बाटो र बस्ती नभएको ठाउँमा मात्र सडक बनाउने र नालाको ठाउँ खाली राख्ने यर गुप्ताले जनाएको छ।गौर नगरपालिका नगर क्षेत्र भरी रहेको बाटोको चौडाइ ९ मिटर भन्दा बढि हुने मेयर गुप्ताले बताए ।

उपभोक्ता समिति बनाई बाटो र नालाको काम गर्ने तथा बाटोको पिसिसि ठलानमा छड दिई ढलान गर्ने नगरपालिकाको योजना छ । गौर नगर क्षेत्रमा हुन सक्ने आगलगी लगायतका घटनाहरु न्युनीकरणका लागि बारुणयन्त्र तथा एम्बुलेन्स सजिलै छिर्न सक्ने गरी बाटो फार्किलो बनाइने योजना अनुसार बाटो निर्माणको कार्यलाई तिव्रता दिएको छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्