Logo
३ चैत्र २०८१, सोमबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

जेनेभासंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गरेका छन् ।

उनले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी उनले दिएका समाचारमा जनाइएको छ । जेनेभामा मङ्गलबार भएको दातृ सम्मेलनको सम्बोधनका क्रममा महासचिव गुथ्रेसले यमनलाई मानवीय सहायताका लागि पनि आग्रह गरे ।

यमनमा हाल मानवीय सहायताको खाँचो छ र त्यसका लागि केही विदेशी दाता र संस्थाहरुले बाचा पनि गरेका छन्– उनले भए । तर दुःखको कुरा त यो छ कि यस्तै सहायताको वाचागर्ने मध्येकै कतिपय देशले नै यमनमा विद्रोहीहरुलाई नै हतियार बेचिरहेका छन्– सो सम्बोधनका क्रममा उनले भने ।

यमनको कुल जनसंख्या दुई करोड ७० लाख छ । यहाँका दुई करोड भन्दा बढी नै नागरिकलाई सहायताको आवश्यकता रहेको खाँचो पनि सो सम्मेलनमा औँल्याइएको थियो । यहाँको द्वन्द्वको चपेटामा सबैभन्दा धेरै महिला र बालबालिका परेको पनि राष्ट्रसंघका महासचिव गुथ्रेसले बताए । उनले सहायता सामाग्रीको सहज वितरणका लागि यमनको बन्दरगाह र विमानस्थलहरूमा कुनै पनि किसिमको अवरोध नपु¥याउन पनि आग्रह गरेका छन् ।

महासचिव गुथ्रेसले युद्धरत पक्षहरूलाई युद्धको नियम पालनाका साथै सर्वसाधारण नागरिकलाई हानी हुने कुनै पनि किसिमका कार्यहरु नगर्न पनि आग्रह गरेका थिए । यमनको सरकारको समर्थनमा यहाँ साउदी अरेबिया नेतृत्वको गठबन्धन कार्यरत छ । सो गठबन्धनले गतवर्ष स्थल र सामुद्रिक नाकाबन्दी लगाएको थियो । ती नाकाबन्दीहरु अहिले केही मात्रामा सहज भएको भए पनि गतवर्षको नाकाबन्दीका कारण उत्पन्न असहजताले गर्दा देशको धेरै क्षेत्रमा मर्का परिरहेको छ ।

सन् २०११ पछि सुरु भएको अरबमा प्रजातन्त्र मागको क्रान्तिलगत्तै यमनी सत्ता पनि ढलेको थियो । तर केही समयपछि नै यहाँ फेरि अस्थिरता सुरु भएको छ । जसका कारण हाल यहाँ देशव्यापी रुपमा अस्थिरतामात्र नभएर हत्या हिंसा नै बढ्दो मात्रामा रहेको छ । यहाँ विद्रोही समूहहरु जन्मिएका छन् र यसले गर्दा साउदी अरेबियाले हस्तक्षेप गरेर गठबन्धन सेना खडा गरी सरकारलाई सहयोग गरिरहेको छ ।रासस

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्