Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व प्रधानमन्त्रीहरु समक्ष प्रधानमन्त्रीको प्रष्टिकरण : ‘भारत भ्रमणमा कुनै सम्झौता हुँदैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन् । आज बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । ‘यसपालीको भ्रमणमा कुनै सन्धी सम्झौता हुँदैनन् । देशको अहितमा कुनै काम गरिँदैन । विगतका सन्धी सम्झौत कार्यन्वयनमा जोड दिइने छ’ प्रधानमन्त्री ओलीले भने ‘यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए । पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले नेपाल भारत सम्बन्ध’भाइ भाइको हैन मित्र/मित्र जस्तो हुनु पर्ने’बताए ।

पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए । उनले भने ‘भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ । ‘ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने सुझाव दिए । छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्