Logo
८ बैशाख २०८१, शनिबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेश हमाल भारत भ्रमण जाने निधो भएसँगै अन्य बरिष्ठ कलाकारहरु रुष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने भारतको राजकीय भ्रमणमा कलाकारहरुको नेतृत्व गर्दै महानायक राजेश हमाल जाने निधो भएसँगै अन्य बरिष्ठ कलाकारहरु रुष्ट बनेका छन् ।

प्रधानमन्त्री ओलीले आफूहरुसँग कुनै सल्लाह र सुझाव नै नलिईकन कलाकारको टोली बनाएकोमा कलाकारहरु नै रुष्ट बनेका छन् । हमालसँगै कलाकारको टोलीमा दिनेश डिसी पनि छन् ।

कलाकाहरु आवद्धता रहेको विभिन्न संघहरु नै यतिवेला आक्रोशित छन् । एक जना कलाकार भन्दै थिए,‘हामीसँग नाम माँग्नुपर्दथ्यो, हामी यो कुरा मान्दैनौं, अरु पनि कलाकार छन्, खोई त सरसल्लाह गरिएको हो रु गरिएन, यो गतल परम्परा हो, सच्याउनुपर्छ।’ त्यस्तै भ्रमण दलमा नायिकाहरुलाई किन सभावेश गरिएन भन्ने पनि गुनासो छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्