Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख ९ गते एमाले-माओवादीबीच एकता घोषणा तयारी, चुनाव चिह्नमा पनि सम्झदारी

काठमाण्डौ : नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुुझाव दिएको छ ।

अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाएको थियो । बैठकमा राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले आफ्ना प्रतिवेदन बुझाएको हो ।

माधव नेपाल समूहले तयार गरेको राजनीतिक अन्तरिम विधान र रामबहादुर थापा वादलको समूहले तयार पारेको सांगठनिक तथा अन्तरिम विधानमा बुझाएको हो ।  दुई पार्टीबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ । यद्यपी यसबारे निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकले गर्नेछ ।

कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने सहमति गरेको छ । केन्द्रसहितसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विवाद कायमै छ । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ । माओवादी समानतालाई आधार मान्नुपर्ने मागमा छ ।

विधान मस्यौदामा ‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादीको माग छ । अहिले विधानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिएको छ । एमाले ‘जनक्रान्ति’ र माओवादी ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्