Logo
६ बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुलाकी सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन मन्त्री मगरको निर्देशन

कञ्चनपुर : खानेपानीमन्त्री बीना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरी तीव्र गतिमा अगाडि बढाउनुपर्ने बताएकी छन्।

कञ्चनपुरको डोकेबजार बेलौरी बेलडाँडी दैजी हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यवसायीसँग आज यहाँ छलफल गर्दै उनले सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण जनतालाई सास्ती भइरहेकाले छिटो निर्माण सक्न कर्मचारीलाई निर्देशन दिएकी हुन्।

“जनताको सास्ती हामी हेरेर बस्न सक्दैनौ, अरु निकायसँग पनि छलफल गर्नुपर्ने भए हामी गर्छौ”( मन्त्री मगरले भनिन् ( “आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र बर्खामा हिलो हुन नदिने उपायका बारेमा प्रभावकारी योजना बनाएर अगाडि बढ्नुहोस् ।”सो अवसरमा निर्माण व्यावसायी रोशन भट्टले असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने बताउँदै “तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ उनले भनिन् ।”

यसैबीच, मन्त्री मगरले कञ्चनपुरको ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने बताएकी छन् ।तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले यसबारे आफूले वनमन्त्रीसँग कुराकानी गरिसकेको र समस्या तुरुन्त हल हुने जानकारी दिइन् ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्