Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्न लगाउने श्रीमतिसहित अभियुक्तहरु जेल चलान

पर्सा : विभिन्न आपराधिक गतिविधिमा संलग्न लाई प्रहरीले कारागार चलान गरेका छन् । ठगी, कर्तव्य ज्यान तथा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

अपराधमा संलग्न परेकाहरु आफ्नै श्रीमानको हत्या गर्न लगाइएका श्रीमति बिन्दबासिनी गा.पा. वडा नं.–३, झौवागुठीको प्रियंका चौरसियासहित बाराको परवानीपुर गा.पा. वडा नं.१ का २४ वर्षीय विकेन्द्रकुमार गुप्ता, २७ वर्षीय मनोज गुप्ता र वीरगञ्ज महानगरपालिका –१२, मुर्लीका २५ वर्षीय मुन्ना शाह कारागार पठाइएको छ ।

प्रियङ्काले आफ्नो प्रेमी विकेन्द्रसँग मिलेर गत फागुन १६ गते राति आफ्नै श्रीमान ३५ वर्षीय उमेश चौरसियालाई गोली प्रहार गर्न लगाएकी थिइन् । त्यस्तै, ठगी मुद्दामा पक्राउ परेकी वीरगञ्ज महानगरपालिका वडा नं.–१४ बस्ने कविता वाग्ले र जबरजस्तीकरणी मुद्दामा वीरगञ्ज महानगरपालिका–३२, परसवाका २२ वर्षीय विकाश पञ्जियारलाई पनि कारागार चलान गरेका छन् ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्