Logo
२७ असार २०८२, शुक्रबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले १२८ आयात बस्तुमा २५ प्रतिशत भन्सार शुल्क बढाए

चीनले अमेरिकाबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ ।अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार दर बढाएपछि चीनले पनि यस्तो कदम चालेको हो ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गरी बेइजिङले विश्व बजार बिगारेको दोषारोपण गरेको छ । चीनले बंगुरको मासु, वाइनलगायतका १ सय २८ अमेरिकी बस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । अमेरिकाले गरेको निर्णयबाट हुने असन्तुलन र आफ्नो हितलाई सुरक्षा प्रदान गर्न यस्तो कदम चालिएको चीनले जनाएको छ ।

चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको नोक्सानी हुने अनुमान छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गरेका थिए ।चीनले अमेरिकासँग ब्यापार युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्