Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल वायुसेवा निगमले आगामी १८ महिनाभित्र ८ वटा विमान खरिद गर्दै

काठमाडौं : नेपाल वायुसेवा निगमले आगामी अठार महिना भित्र ६ वटा ट्वीनअटर र २ वटा वाइड बडी विमान खरिद गर्ने जनाएको छ। निगमले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ वटा विमान खरिद गर्ने योजनाबारे जानकारी गराएको हो।निगमको कूल आयलाई बढाउँदै लैजाने मुल उद्देश्यका साथ विमान खरिदको कामलाई पहिलो प्राथमिकतामा राखिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।

निगमले नयाँ विमान थप्ने कामसँगै सबै पुराना विमानहरु पनि १८ महिना भित्र प्रतिस्थापन गर्ने योजना पनि अघि सारेको छ।त्यसैगरी निगमले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ। त्यसका लागि इन्जिनियरिङ र संचालनतर्फ एकरएक जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको पनि प्रबन्ध निर्देशक कंसाकारले बताए।

निगमले हवाई सुरक्षाका लागि मर्मत, संहार तथा संचालनको जिम्मा निर्माता कम्पनीलाई नै दिने गरी आन्तरिक छलफललाई अघि पनि बढाएको छ। निगमका प्रबन्ध निर्देशक कंसाकारले हवाई सुरक्षा क्षमतालाई अन्तराष्ट्रिय स्तरको बनाउने गरी काम सुरु गरिएको बताए। निगमले आफ्नो क्षमता विकासका लागि आवश्यक कदम चालिएको पनि दावी गरेको छ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्