Logo
२० बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश नं १ मा सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी

विराटनगर : प्रदेश नं १ को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि विधेयक पारित भएपछि चालूअवको तीन महिनाका लागि बजेट ल्याउन लागिएको जानकारी दिएका छन् ।

उनले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहलका साथै प्रदेशका १४ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा चालू खर्चमै केन्द्रित रहेर सरकारको उपस्थितिको अनुभूति हुने गरी विकासका योजना पनि समेटिने बताए ।

प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रममा परेका योजनाका साथै मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनका लागि पनि बजेट विनियोजन गरिने बताइएको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्