Logo
२० बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म हैजाबाट १५० जनाभन्दा बढीको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौंची राज्यमा फैलिएको हैजाबाट थप १० जनाको ज्यान गएको छ । अहिलेसम्म हैजाबाट सो राज्यमा १५० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यसको प्रकोपबाट बच्न विशेष सतर्कता कार्यक्रमहरु अपनाइएको समाचारमा जनाइएको थियो ।

तर उक्त क्षेत्रमा केही हैजाको प्रकोप भने पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । यसबाट गतहप्तामात्र १२ जनाको मृत्यु भएको थियो । हैजाबाट प्रभावित अरु कैयौँ नागरिक अस्पताल भर्ना भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको उक्त बौंची राज्यका पाँचवटा जिल्लामा यस्तो सतर्कता कार्यक्रम शुरु गरिएको छ । अहिलेसम्म ती जिल्लामा मात्र ४०० जनाभन्दा बढीलाई हैजाको प्रकोप भएकोले अधिकारीहरुले विशेष कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । (रासस)

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्