Logo
२० बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ कक्षासम्मको वार्षिक परीक्षामा परीक्षार्थीबाट १४ ओटा मोवाइल फेला

महोत्तरी : कक्षा एकदेखि ९ कक्षासम्मको जारी वार्षिक परीक्षामा परीक्षार्थीले लगेको मोवाईल मेयरले नियन्त्रणमा लिएका छन् । महोत्तरीको भंगहा नगरपालिका ६ स्थित रहेको लक्ष्मी मावि हतिशर्वा परीक्षाकेन्द्रमा चीट चोर्ने प्रयोजनका लागि परीक्षार्थीले लगेको १४ वटा मोवाईल सेट अनुगमनको क्रममा मेयर संजिव साहले नियन्त्रणमा लिनुभएको हो ।

नगरपालिका भित्रको थारुटोल बन्द्रा नि.मा.वि, संग्रामपुर नि.मा.वि र लक्ष्मी मा.वि.को समेत परीक्षा केन्द्र रहेको त्यस केन्द्रबाट विद्यार्थीले चीट चोराउन लगेको दुई बोरा गेशपेपर पनि नियन्त्रणमा लिएको मेयर साहले बताउनुभयो । पढाईको बेला शिक्षकहरुले राम्ररी पठन पाठन नगराउने र आफ्नो कमजोरी ढाकछोप गर्न विद्यार्थीलाई परीक्षामा चिटिंग गराउन सघाएको भन्दै उक्त परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर रायलाई स्पष्टीकरणको लागि मेयर साहले पत्र समेत काट्नु भएको छ ।

आफ्नो क्षेत्रको सामुदायिक विद्यालयहरुको पठन पाठन सुधार गर्न बेला बेला छड्केको साथै परीक्षामा समेत नियमति अनुगमन गर्न थालेको मेयर साहको भनाई छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्