Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्प पीडितलाई दिइने दोस्रो किस्ता अनुदान वितरणको म्याद थप

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले भूकम्प पीडितलाई दिइने दोस्रो किस्ता अनुदान वितरणको म्याद थप गरेको छ । समितिको आज बसेको बैठकले असार मसान्तसम्मका लागि म्याद थप गरेको हो ।समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपीशर्मा ओलीले भूकम्प पीडितलाई आवासको व्यवस्था मिलाइसक्न निर्देशन दिनुभएको छ । समितिले निजी आवासलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने निर्णय समेत गरेको छ ।

यस अघि चैत मसान्तसम्म थप गरिएको म्याद तीन महिनाका लागि बढाउने समितिको निर्णय आएको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ । यस्तै स्वास्थ्य चौकी, शिक्षा तथा पुरातात्विक संरचना निर्माण प्राथमिकतामा परेका छन् । हालसम्म एक लाख १४ भूकम्प पीडितका आवास बनिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार ३ लाख ९० हजार घर निर्माणाधीन रहेका छन् भने अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहेमा आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य पूरा हुने दावी गरिएको छ । यस्तै कार्यविधि संशोधन गरेर अनुदान वितरण प्रक्रिया सहज बनाउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्