Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठ किलो चरेशसहित एक महिला पक्राउ

रोल्पा : आठ किलोग्राम चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना २ ख ५६४४ नम्बरको बसको डिकीमा प्लाष्टिक जेब्रा झोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेश भेटिएको थियो ।

उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको छ ।
(रासस)

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्