Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७ कप चियाको २ लाख १३ हजार विल

सुनसरी : सरकारी सम्पत्ति र बजेट सक्न जनप्रतिनिधीहरूले अनेक हतकण्डा अपनाउँछन् । अझ संघिय संरचनामा स्थानीय निकायलार्इ राज्यले बढि जिम्मेवार र बलियो बनार्इरहँदा त्यहाँ भ्रष्टाचारका संभावना धेरै बढ्छन् ।सरकारी बजेट सिध्याउन स्थानिय जनप्रतिनिधिहरूले कार्यक्रम नै नभएका शिर्षकमा समेत बजेट दिने गरेको समेत पार्इएको छ भने, कतिपय स्थानमा स्थानिय संघ संस्थाहरूसँग मिलेर बजेट खर्च गर्ने गरेका छन् । यस्तै एउटा कार्यक्रम दुहवी भलुवा नगरपालिका वडा नं।८ मा भएको छ ।

सुनसरीको दुहवी नगरपालिका ८ मा रहेको एक संस्थाले बालबालिकाका लागि गरेको कार्यक्रममा २७ कप चिया खुवाएर दुर्इलाख भन्दा बढिको बिल भर्पाई बनाएको तथ्य फेला परेको छ । वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्र नामक संस्थाले दुहवी नगरपालिका ८ नं वडा कार्यालयसँग वालवालिका लक्षित कार्यक्रम गर्न २ लाख १३ हजारमा वालविवाह न्युनिकरण सम्वन्धि कार्यक्रम गर्न सम्झौता गरेको थियो ।

गत बिहिबार सो संस्थाले सोहि वडाको रनिगाउँ स्थित दुर्गा मन्दिरमा कार्यक्रम आयोजना गर्यो । महिला र वालविवाह न्यूनिकरणका लागि कार्यक्रम गरिएको भनिएपनि त्यहाँ एकाध दुर्इ वाहेक कुनै बालबालिका सरोकार वाला उपस्थित भएनन् ।दुर्गा मन्दिरको साँघुरो कोठामा गरेको कार्यक्रममा २५ जना सहभागी भेला पारेर २७ कप चिया, भुजा र आलुचप खुवाएर कार्यक्रम सम्पन्न गरियो । वालविवाहका विषयमा कसैले कुरै उठाएन । ‘सामान्य औपचारिक कार्यक्रम गरेर बजेट सक्ने योजना बनार्इएको रहेछ ।’ एक स्थानियले बताए ।

अध्यक्ष लक्ष्मीकुमारी ठाकुर र उनका श्रीमान नरेश ठाकुरले वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्रलार्इ आफु खुशी चलाएर स्थानिय निकायको बजेट खाने गरेका छन् ।पूर्व पर्यटन तथा संस्कृति राज्य मन्त्रीकी स्वकीय सचिब समेत रहेकी लक्ष्मीले यस अघिपनि नगरपालिका र वडाबाट सेटिङमा बजेट कुम्याउने गरेको स्थानियको भनार्इ छ । ‘श्रीमान श्रीमती दुवैले कागजमा मात्र कार्यक्रम भएको देखाउँदै रकम उठाएर लाखौ रकम अनियमितता गर्दै आएका छन् ।’ दुहवी नगरपालिका कार्यालयका एक कर्मचारीले बताए । उनले विगतमा पनि सो संस्थाले लागू औषध नियन्त्रण सम्बन्धि काम गरेपनि विवाद उत्पन्न भएको बताए ।

दुहवी वडा नं। ८ का अध्यक्ष पारिकचन्द्र सरदारले संस्थाले २ लाख १६ हजार बराबरको प्रस्ताव पेश गरेको र वडा कार्यालयले नगरपालिकामा सिफारिस गरेको बताउँदै कुनै भुक्तानी नगरिएको बताए । उनले बिहिबारको कार्यक्रमका विषयमा आफुलार्इ समेत गुनासो आएको भन्दै आयोजक संस्थाका अध्यक्षलार्इ नै बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएको बताए ।‘मैले पनि यो विषयमा जानकारी पाएको छु, उहाँहरूलार्इ बोलाएरै पैसा खाने नियतले काम नगर्नुस् भनेको छु ।’ उनले भने । अध्यक्ष सरदारले संस्थाले कार्यक्रम गर्दा वडा र नगरपालिकाले अनुगमन गर्ने र चित्त बुझ्दो भए मात्र भुक्तानी दिने बताए । ‘तपार्इ ढुक्क हुनुस्, उहाँहरूले कहाँ कसरी कार्यक्रम गर्नुहुन्छ सबै अनुगमन गर्छु । प्रभावकारी र चित्त बुझ्दो भएन भने बजेट दिर्इदैन ।’

वातावरण संरक्षण तथा दक्ष जनशक्ति विकास केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी ठाकूरले भने बिहिबारको कार्यक्रम उद्घाटन मात्र भएको बताउँदै वडाका १० स्थानमा कार्यक्रम गर्ने जिकिर गरिन् । ‘हामीले बिहिबार शुरू मात्र गरेका हौं, वडामा बाल क्लब गठन गर्ने, र्याली गर्ने, सडक नाटक देखाउने, प्रदर्शनी गर्न जस्ता कार्यक्रम छन् ।’उनले मकालु खबरलार्इ भनिन् ।उनले मकालु खबरसँग आफु पूर्व राज्यमन्त्री सुमित्रा विस्वासको स्वकीय सचिब समेत भएको मान्छे भन्दै ‘हामीलार्इ पनि थाहा छ नियम कानुन कसैले सिकार्इरहनु नपर्ने’ भनिन् ।

पछिल्लो समय दुहवी नगरपालिकामा कागजी काम गरेर बजेट सकाउने काम धेरै भएको छ । स्थानिय स्तरमा खोलिएका क्लब, सामाजिक संस्थाले विभिन्न कार्यक्रम बनाएर नगरपािलकामा बजेट माग्ने गरेका छन् । नगरपालिकाले सामाजिक कामका लागि स्थानिय संस्थाहरूसँग सहकार्य र समन्वय गर्ने गरेको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्