Logo
६ कार्तिक २०८१, मंगलबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खारेज हुँदैछन् चैत मसान्तबाट यी कार्यालयहरु (सूचीसहित)

काठमाडौं : संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधान बमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु खारेज गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा विकास निर्माणसम्बन्धी तथा समाजिक, आर्थिक र सांस्कृतिक तहका सबै कार्यालय समायोजन हुने भएका छन् । तर शान्तिसुरक्षा, प्रहरी, सेना र न्यासँग सम्बन्धित केही कार्यालयहरु भने जिल्लामा रहनेछन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, र ती कार्यालयहरु संघ मातहत रहनेछन् ।

खारेजीमा पर्ने कार्यालयहरुः
– मालपोत कार्यालय
– नापी कार्यालय
– भूमिसुधार कार्यालय
– कृषि विकास कार्यालय
– शिक्षा कार्यालय
– पशुसेवा कार्यालय
– वन कार्यालय
– सिँचाइ कार्यालय
– भूसंरक्षण कार्यालय
– महिला विकास कार्यालय
– जनस्वास्थ्य कार्यालय
– सहकारी डिभिजन कार्यालय
– खानेपानी कार्यालय

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्