Logo
६ कार्तिक २०८१, मंगलबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेड युनियनको नाममा यातायात व्यवसायीमा दादागिरी

काठमाडौं : ट्रेड युनियनको नाममा खोलिएका यातायात व्यवसायी संघ/संस्थाको दादागिरी बढ्दै गएको छ ।
आफ्नो स्वार्थअनुकुल सरकारले यातायात व्यवस्था कार्यविधी निर्देशिका नल्याएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध गरेको हो । महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आह्रवान समेत गरेको छ ।

यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरेपछि दादागिरी देखाउँदै महासंघले यातायात व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबनाउन आहृवान गरेको हो ।

महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्यविधि निर्देशकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको छ ।

बैठकले सरकारले यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सवारीको रुट नवीकरण र दर्ता नगर्ने गरी निर्णयको समीक्षा गर्नेछ । स्रोतका अनुशार निर्देशिका पालना नगर्न सबै व्यवसायीलाई आह्वान गर्दै आन्दोलनको घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्