Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा हतियार सहित सहनी पक्राउ

रौतहट : दिनप्रतिदिन अपराधी घटनाहरु घट्न थालेका छन् । रौतहट प्रहरीले फेरि अबैध हतियारसहित एक जनालाई पक्राउ गरेका छन् । बिशेष सुराकीको अधारमा स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियारसहित झुनखुन्वाबाट प्रहरीले पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी नायव निरीक्षक रुद्र कँडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चौकबाट एक थान कटुवा बन्दुक र एस एल आर तिन राउण्ड गोलीसहित सहनीलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तथा स- प्रवक्ता मनोज यादवले जनाएको छ ।

हिजो राति करिव ९ बजे सहनीले माछा बिक्री गरि आफ्नो घर आउँदै गर्दा झसन्खुन्वा बजारबाट सहनीले चढेको बीआर ०५ ई २६०१ नम्बरको प्लाटिना मोटरसाईकल प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा मोटरसाइकलमा प्लास्टिकमा बेरेर रराखेको कटुवा पेस्तोल र गोली बरामद गरी सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता यादवले जनाएको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्