Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरा अनुराग आए लगतै दिवंगत नेता खड्काको शव पार्टी कार्यालयमा

काठमाडौं : विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको छ ।

मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो ।आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि छोरा अनुराग ढिला आइपुगेका केही समय ढिला गरी मात्र शव पार्टी कार्यालय लगिएको छ ।

खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो । तर, उपचारको क्रममा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्