Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाकिमको ठाडो आदेशमा ३२ हजारले खाए काररमा सरकारी जागिर

काठमाडौं : हाकिमको ठाडो आदेशमा ३२ हजारले काररमा सरकारी जागिर खाइरहेको पाइएको छ ।

अर्थमन्त्रालयका अनुशार हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई सिँधै जागिर खुवाएका हुन ।

यसले निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गरेको प्रष्ट हुन्छ । आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहनुले मुलुकको अर्थतन्त्र थप ध्वस्त पार्ने खेल भएको बुझिन्छ ।

अहिले हाकिमको ठाडो आदेशमा जागिर खाएका कर्मचारीहरुका आफूखुसी भर्ना गरिएका त्यस्ता कर्मचारीलाई तलब खुवाउन मात्रै वार्षिक पाँच अर्ब ५६ करोड खर्च हुने गरेको अर्थले जनाएको छ ।

मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक, निर्देशक, आयोग, नियोगका पदाधिकारी, उच्च कर्मचारी तथा अन्य कार्यालय प्रमुखले करार नीतिको ठाडो उल्लंघन गर्दै हजारौं व्यक्तिलाई सरकारी सेवामा भर्ना गरेका छन् ।

उनीहरूले अहिले पनि तजबिजीमा कम्प्युटर अप्रेटर, सवारी चालक, कार्यालय सहयोगीलगायत पदमा धमाधम कर्मचारी भर्ना गरिरहेका छन् । त्यस्ता कर्मचारी अझै बढ्न सक्ने अर्थ मन्त्रालयको आँकलन छ ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्