Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र नेपालीहरुको साथमा भारत छ : भारतीय राजदुत पुरी

काठमाडौं : नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले नेपाल र नेपालीहरुको साथमा भारत रहेको बताएका छन् । उनले भारत नेपालको विकास साझेदारीमा सँधै सँगै रहने विश्वास दिलाए । खुशी नेपाली र समृद्ध नेपालको लागि भारतले सँधै सहयोग गर्ने राजदुत पुरीको विश्वास थियो ।

लोकतन्त्र स्थापित गर्नको लागि क्लबे उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताए । पुरीले भने,“अब यसलाई अगाडि बढाउनको लागि पनि यहाँहरुको भूमिका अझै छ, हुन जरुरी छ, म यो भन्न सक्छु कि तपाईहरुको मित्रराष्ट्र भारत हामी प्राकृतिक रुपमा, भगवानसँग, हाम्रा पूर्खाहरुसँग जोडिएका छौं, हामी तपाईहरुको साथमा छौं ।”

रिपोर्टर्स क्लवको २० औं वार्षिकोत्सवलाई राजधानीमा शनिबार सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा चर्चा गरिएको उल्लेख गर्दै राजदुत पुरीले भने,“तपाई नेपाली कलाकारहरु लिएर भारत जाँदै हुनुहुन्छ, भारतीय बलिउडका कलाकारहरुसँग पनि त्यहाँ यहाँले भेटवार्ता गर्दैहुनुहुन्छ’ ढढ्यौली शैलीमा उनले भने  ‘यो सबै देखेर म यदि यहाँलाई आग्रह गरौं कि कलाकारहरुको डिलिगेशनको नेतृत्व पत्रकार ऋषि धमलालाई दिनुहोस् ।”

 

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्