Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमणकाल लम्बिंदा विकास र समृद्धिका काम ढिला भयो तर अब तीब्र गर्ने : अध्यक्ष दाहाल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकाल लम्बिंदा मुलुकमा विकास र समृद्धिका काम ढिला भएको भन्दै नयाँ सरकारले तीब्र विकासको काम गर्ने बताएका छन् । विकासको काम कुनै दल विशेषको नभएको बताउँदै उनले सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे ।

‘अहिले प्रधानमन्त्री अग्नि परीक्षामा हुनुहुन्छ, हामी सबै अग्नि परीक्षामा छौं,’ उनको भनाइ थियो, ‘एकाध व्यक्ति र पार्टी विशेषलेमात्रै समृद्धिका काम पूरा गर्न सकिंदैन ।’ ठूलो क्षतिमा गुज्रिएपछिमात्रै देशले समृद्धि प्राप्त गरेको उदाहरण दिंदै नेपाल पनि ७० वर्षदेखिको अराजकता अशान्तिपछि समृद्धितिर लागेको बताए ।

रिपोर्टर्स क्लवको २० औं वार्षिकोत्सवलाई राजधानीमा शनिबार सम्बोधन गर्दै दाहालले पनि विप्लवलाई फेरि पनि बिखण्डन, आन्दोलन र हिंसाको कुरा नगर्न सचेत गराए । ‘सुशासन र समृद्धिको यात्राभन्दा बाहिर गतिविधि गर्न चाह्यो भने नेपाली जनता निस्तेज पार्न आउछन्,’ उनले भने । जनताले भाषणभन्दा एक्सन हेर्न चाहेको बताउँदै दाहालले लोकतन्त्र, विकास र समृद्धिका लागि आफू र प्रधानमन्त्रीले ओलीले ठूलो कष्ट व्यहोरेको उल्लेख गरे ।

समृद्धि र विकासका लागि म १० वर्ष वनबास बसें, प्रधानमन्त्री १४ वर्ष जेलबास बस्नुभयो,’ उनको भनाइ थियो, ‘फुटाउ र राज गर भन्नेहरुले प्रो–इन्डिनय, प्रो–मोनार्की, प्रो–कांग्रेस भनेर फुटाउन खोज्छन्, त्यसो हुन दिनुहुँदैन । अब हामी प्रो–नेपाल प्रो–नेपाली भएर अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्