Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम टोपी लगाउँदै उपेन्द्र यादवले दिए केन्द्र सरकारलाई कर रोक्ने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले समुचित बजेट नदिए यो प्रदेशवाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिएका छन् । केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै यादवले यो प्रदेशको विकासका लागि केन्द्र सरकारले उचित वजेट दिन आनाकानी गरिरहेको आरोप लगाए ।

मुस्लिम समाज नेपालद्वारा शनिबार राजविराजको रहमतपुरमा आयोजित सम्मान कार्यक्रममा यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले विशेष प्याकेजको ब्यवस्था गर्नुपर्ने बताए । ‘२ नम्बर प्रदेशको विकासका लागि आवश्यक बजेट दिइएन भने यो प्रदेशबाट जाने कर पनि काठमाडौं जान दिंदैनौं,’ यादवले भने ।

कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेश गरिव, बेरोजगारी, अशिक्षा, पिछडापन लगायतका समस्याले ग्रसित रहेको बताउँदै यो प्रदेशलाई सुशासित, समृद्ध र विकसित वनाउनु चुनौती र अवसर दुवै भएको बताए ।

प्रदेशका भूमि व्यवस्थापन तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले जनसंख्याका आधारमा सबैको प्रतिनिधित्वको ग्यारेन्टीका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा मुस्लिम समाज नेपाल सप्तरीले यादव, राउत र साहलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा यादव समेत उपस्थित अथितीहरुले मुस्लिमहरुका धार्मिक टोपी समेत लगाएका थिए ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्